भूकम्प पीडितहरूको उद्धार, राहत र घाइतेको शीघ्र उपचारको कार्यलाई तीव्रता दिन प्रधानमन्त्री तथा गृहमन्त्रीलाई राष्ट्रपतिको आग्रह  | ईमाउण्टेन समाचार

Our Network

भदौ ७ २०८१, शुक्रबार

भूकम्प पीडितहरूको उद्धार, राहत र घाइतेको शीघ्र उपचारको कार्यलाई तीव्रता दिन प्रधानमन्त्री तथा गृहमन्त्रीलाई राष्ट्रपतिको आग्रह 

ramchandra paudel

१८ कात्तिक २०८०, शनिबार राष्ट्रपति रामचन्द्र पौडेलले भूकम्पबाट पीडितहरूको उद्धार, राहत र घाइतेको शीघ्र उपचारको व्यवस्थापन कार्यलाई तीव्रता दिन प्रधानमन्त्री तथा गृहमन्त्रीलाई आग्रह गर्नुभएको छ ।

राष्ट्रपति पौडेलले प्रधानमन्त्री प्रचण्ड र गृहमन्त्री नारायणकाजी श्रेष्ठसँग भूकम्पबाट कर्णाली प्रदेशको जाजरकोट, रुकुम पश्चिमलगायतका जिल्लामा भूकम्पले गरेको धनजनको क्षतिको बारेमा जानकारी लिँदै पीडितको, राहत तथा घाइतेहरूको शीघ्र उपचारमा तीव्रता दिन आग्रह गर्नुभएको राष्ट्रपति प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए ।

पोखरेलका अनुसार भूकम्प प्रभावित क्षेत्रमा पुग्नुभएका प्रधानमन्त्री प्रचण्ड र उपप्रधान तथा गृहमन्त्री श्रेष्ठसँग शनिवार टेलिफोन गरेर पौडेलले सो आग्रह गर्नुभएको हो ।

राष्ट्रपति पौडेलले विपत्तिमा आवश्यक पर्ने सबै प्रकारको व्यवस्थापनका लागि पनि आग्रह गर्नुभएको थियो ।

राष्ट्रपति पौडेलले भूकम्पबाट भएको मानवीय र भौतिक क्षतिले आफू मर्माहत भएको बताउँदै विपद्को यस घडीमा मानवीय भावले उद्धार, राहत घाइतेको उपचारमा जुट्न सरकार तथा सबै राजनीतिक, दल, जनप्रतिनिधि र आम नागरिकलाई पनि अपिल गर्नुभएको छ । ०००

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);