भूकम्प पीडितको राहत र उद्धारमा सहकार्य र हातेमालोका लागि प्रधानमन्त्रीको अपिल | ईमाउण्टेन समाचार

Our Network

साउन ५ २०८१, शनिबार

भूकम्प पीडितको राहत र उद्धारमा सहकार्य र हातेमालोका लागि प्रधानमन्त्रीको अपिल

१८ कात्तिक २०८०, शनिबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भूकम्प पीडितको राहत र उद्धारमा सहकार्य र हातेमालोका लागि अपिल गर्नुभएको छ ।

हाल भूकम्प प्रभावित जिल्लाको निरीक्षणमा रहनुभएका प्रधानमन्त्री प्रचण्डले सम्पूर्ण राजनीतिक दल, निजी क्षेत्र, नागरिक समाज लगायत सबैमा अपिल गर्नुभएको हो ।

उहाँले सामाजिक सञ्जालमामार्फत पीडितलाई राहत र पुनःस्थापना एवं घाइतेहरूको उपचारका लागि सरकार गम्भीर रहेको जानकारी गराउँदै यस कार्यमा सहकार्य र हातेमालोका लागि सम्पूर्ण राजनीतिक दल, निजी क्षेत्र, नागरिक समाज लगायत सबैलाई आग्रह गर्नुभएको होे ।

विनासकारी भूकम्पको क्षति बुझ्न, पीडितका पीडा र अनुभूतिहरू सुन्न, घाइतेहरूको उद्दार र पीडितको राहतका निम्ति आफू प्रभावित क्षेत्रमा पुगेको उहाँको भनाइ छ । ००००

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);