जनप्रदर्शनको निर्णय, अन्य दललाई तर्साउने रणनीति | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३१ २०८१, सोमबार

जनप्रदर्शनको निर्णय, अन्य दललाई तर्साउने रणनीति

काठमाडौं, १६ कात्तिक। सत्ताको नेतृत्व गरेको दल नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) ले हजारौं कार्यकर्ता सडकमा उतारेर जनप्रदर्शन गर्ने निर्णयलाई उसकै सहयात्री दल नेपाली कांग्रेसका साथै अन्य दलका नेताहरूले समेत अव्यावहारिक र गैर जिम्मेवार भएको टिप्पणी गरेका छन् । अन्य राजनीतिक दललाई तर्साउने रणनीति लिँदै सत्तामा रहेर माओवादीले सडक तताउने द्वैध चरित्र देखाएकोे भन्दै अन्य दलका नेता कार्यकर्ताहरूले उक्त निर्णयको आलोचना गरेका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार बसेको माओवादी केन्द्रका पार्टी पदाधिकारी बैठकले संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा र प्रतिगमनको विरोधलगायतका विषयमा काठमाडौंमा कार्तिक २२ गते सडक प्रर्दशन गर्ने निर्णय गरेको हो ।

सत्ताको नेतृत्व गरेको दलले सडक आन्दोलनको निर्णय गर्नु मुलुक र जनताको हितमा नरहेको टिप्पणी गर्दै नेकपा एमालेका सचिव योगेश भट्टराईले भन्नुभयो– ‘आफैं सत्तामा रहने आफंै सडकमा निस्किएर के नाटक गर्न खोज्या हो रु यसले जनतामा के सन्देश दिन्छ रु सत्तादेखि सडकसम्म माओवादी नै छ भन्ने देखाउन खोजेको हो भने अन्य दलहरूले सोच्नुपर्ने अवस्था हुन्छ ।’

सरकारबाटै जनप्रदर्शनको निर्णय गरेर माओवादीले नागरिकमा थप त्रास उत्पन्न गराएको राजनीतिक वृत्तमा चर्चा भईरहेको छ । प्रधानमन्त्रीको जिम्मेवारीमा रहेको दलबाटै यस्तो गैरजिम्मेवारीपूर्ण निर्णय गरिनु राम्रो नभएको सत्ता सहयात्री दल नेपाली कांग्रेसका नेताहरूले टिप्पणी गरेका छन् ।

यद्यपि, कांग्रेसका नेता कल्याण गुरुङले सरकारकै नेतृत्व गरेको दलबाट यस्तो निर्णय आएपछि पार्टीले धारणा बनाउन छलफल गरिरहेको बताउनुभयो । उहाँले नेपाल समाचारपत्रसँग भन्नुभयो– ‘सरकारको नेतृत्वकर्ता दलले नै जनप्रदर्शनको निर्णय गरेको विषयमा नेपाली कांग्रेसमा छलफल भइरहेको छ । पार्टीका नेताहरूबीच छलफल भइरहेकाले के धारणा आउँछ भन्ने कुरा निर्णय आएपछि मात्रै भन्न सकिन्छ ।’

गत पुस १० मा तेस्रोपटक प्रधानमन्त्री नियुक्त भएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पछिल्लो समय सार्वजनिक रूपमै आक्रामक अभिव्यक्ति दिँदै आउनुभएको छ । पछिल्लोपटक असोज २९ गते सुदूरपश्चिमको धनगढीमा भएको समाजवादी मोर्चाको सभामा उहाँले लाखौँ जनता सडकमा उतार्ने चेतावनी दिनुभएको थियो ।

प्रधानमन्त्रीको उक्त अभिव्यक्तिविरुद्ध कांग्रेसका नेता डा। शेखर कोइरालाले प्रधानमन्त्रीलाई सच्चिन वा सरकार छाड्न चेतावनी दिँदै आउनुभएको छ । उहाँले देशको प्रधानमन्त्रीले पटकपटक गैरजिम्मेवार अभिव्यक्ति दिएको र त्यस्तै गतिविधिहरू बढाएकाले कांग्रेसले यस विषयमा गम्भीर हुनुपर्नेमा जोड दिँदै आउनुभएको छ ।

सरकारको नेतृत्व गरेको दलले नै सडक प्रदर्शनको निर्णय गरेर गैर जिम्मेवारी प्रदर्शन गरेको भन्ने चौतर्फी आलोचना भइरहँदा माओवादीका महासचिव देव गुरुङले भने प्रदर्शन कसैको विरोधमा नभई पार्टीको विशेष अभियानकै रूपमा भएको दाबी गर्नुभयो । उहाँले भन्नुभयो– ‘यो पार्टीकै विशेष अभियानअन्र्तगत गरिएको कार्यक्रम हो, विरोध होइन । विरोध र जनप्रदर्शन फरक कुरा हुन् ।

यो निर्णय हाम्रो पुरानै कार्यक्रम अनुसारको निर्णय हो ।’ पार्टीको वागमती प्रदेश, जनवर्गीय संगठनसम्बद्ध उपत्यका विशेष प्रदेश र उपत्यका सम्पर्क समन्वय प्रदेशको संयुक्त आयोजनामा सडक प्रर्दशन गर्ने गरी माओवादीले मातहतका कमिटीमा ६ बुँदे परिपत्र जारी गरेको छ ।

परिपत्रमा भनिएको छ– ‘अभियानकै क्रममा पार्टीको वागमती प्रदेश, जवससम्बद्ध उपत्यका विशेष प्रदेश र उपत्यका सम्पर्क समन्वय प्रदेशको संयुक्त आयोजनामा यही मंसिर २२ गते काठमाडौंमा संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा तथा सुदृढीकरण, राष्ट्रिय स्वाधीनताको रक्षा र प्रतिगमनको विरोध आदि विषयलाई लिएर जनप्रदर्शन गर्न र गराउन पहल गर्ने निश्चित गरिएको छ ।’

सो निर्णयको विषयमा आलोचना शुरू भएपछि बचाउमा माओवादी केन्द्रका महासचिव देव गुरुङले मंगलबार विज्ञप्ति नै जारी गरेको छ । विज्ञप्तिमा जनप्रदर्शनको कार्यक्रम कुनै विरोध प्रदर्शनको कार्यक्रम नभई पूर्व घोषित तीन महिने ‘जनतासँग माओवादी विशेष रूपान्तरण अभियान’ अन्तर्गतकै जनपरिचालनमूलक कार्यक्रम भएको दाबी गरिएको छ ।

माओवादीका कतिपय नेता कार्यकर्ताहरूले भने उक्त जनप्रदर्शनलाई पूर्वराजा ज्ञानेन्द्र शाह र तीनका समर्थकहरूबाट भइरहेका गतिविधिलाई रोक्नका लागि गरिएको बताउने गरेका छन् ।

संघ, प्रदेश र स्थानीय तहसम्म माओवादी सरकारमा रहेको बेला प्रधानमन्त्रीसमेत रहेका माओवादी अध्यक्ष प्रचण्डले वर्तमान व्यवस्थामाथि नयाँ दलभन्दा पनि पूर्वराजा ज्ञानेन्द्रबाट खतरा रहेको भन्दै समाजवादी मोर्चामार्फत् सडक संघर्षका कार्यक्रम ल्याउने चेतावनी दिँदै आउनुभएको छ । उहाँको अभिव्यक्ति र निर्णय आम रूपमा आलोचना योग्य रहेको राजनीतिक विश्लेषकहरू बताउँछन् । समाचारपत्र

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);