लागूऔषधसहित छ जना पक्राउ | ईमाउण्टेन समाचार

Our Network

वैशाख १८ २०८३, शनिबार

लागूऔषधसहित छ जना पक्राउ

कैलाली,३० असोज । अवैध लागूऔषधसहित छुट्टाछुट्टै स्थानबाट छ जना पक्राउ परेका छन् । टिकापुर नगरपालिका–१ बनगाऊस्थित सडकबाट अवैध लागूऔषध खैरो हिरोइन जस्तो देखिने पदार्थ २ ग्राम ९ सय मिलिग्रामसहित सोही ठाउँ बस्ने २० वर्षीय महादेव आले मगरलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ  । ईलाका प्रहरी कार्यालय टिकापुरबाट खटिएको प्रहरीले  उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।
त्यस्तै, कास्कीको पोखरा महानगरपालिका–९ पृथ्वीचोकबाट एमफेटामाईन (आईस) जस्तो देखिने ३७ ग्राम ५० मिलिग्राम लागूऔषधसहित गोरखा शहिद लखन गाउँपालिका–३ बस्ने ३५ वर्षीय हिरा बहादुर नेपाली समेत ४ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कस्कीबाट खटिएको प्रहरीले प्रदेश १–०१००१ ख ३४३९ नम्बरको बसलाई जाँच गर्ने क्रममा बस चालक नेपाली समेत उनीहरूलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो ।
यसैगरी, पर्साको पर्सागढी नगरपालिका–१ स्थितबाट अवैध लागूऔषध गाँजाको धूलो करिब ४ केजी ६ सय ८३ ग्रामसहित पटेर्वा सुगौली गाउँपालिका(४ देउरिया बस्ने ४० वर्षीय बृज किशोर थारुलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय पटेर्वाबाट खटिएको प्रहरीले ना.१ ह ८० नम्बरको अटोलाई जाँच गर्ने क्रममा अटोमा सवार उनलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो ।
लागूऔषधसहित पक्राउ व्यक्तिहरुको सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

Leave a Reply