‘साइरन सुन्ने बित्तिकै बंकरभित्र पस्ने र फेरी फार्ममा गएर काम गर्नुपर्ने त्रासैत्रासमा गुर्जियौं’ | ईमाउण्टेन समाचार

Our Network

वैशाख ६ २०८१, बिहीबार

‘साइरन सुन्ने बित्तिकै बंकरभित्र पस्ने र फेरी फार्ममा गएर काम गर्नुपर्ने त्रासैत्रासमा गुर्जियौं’

काठमाडौं, २६ असोज । इजरायलमा अलपत्र परेका नेपाली विद्यार्थीहरुलाई सरकारले आज बिहान स्वदेश ल्याउन सफल भएको छ । मन्त्रिपरिषदको निर्णयअनुसार परराष्ट्रमन्त्री एनपी साउद आफै राजधानी तेल अबिब पुगेका हुन् । २५४ जना नेपाली विद्यार्थी बोकेको बिमान आज शुक्रबार बिहान नेपाल आइपुगेको हो । काठमाडौं आइपुग्दा विद्यार्थीहरु निकै खुशी देखिन्थे ।

ती मध्ये एक विद्यार्थीको इजरायलको कहालीलाग्दो अनुभव सुनाए । उनी भन्छन्, “त्यहाँ रेड वा खतरा जोन भनेर छट्टुाएको थिएन,साउथन इजिप्टको बोर्डरतिर पर्ने हाम्रो ३ फार्म पर्थे । सुु.प.विश्वविद्यायलका साथीहरुले काम गर्ने फार्मचाँही गाजा क्षेत्रबाट धेरै ५–६ किलोमिटर नजिक भएकोले फस्ट दिन नै अट्याक गर्दा धेरै नै क्षति हुन गयो । इजरायल त्यत्ति सानो देश छ वार सुरु भएपछि कुनै पनि स्थान सुरक्षित मान्न हामीले सकेनौ । जति बेला पनि साइरन सुन्ने, साइरन सुन्नेबित्तिकै बंकरभित्र र बाहिर निस्केर फार्ममा गएर काम गर्नुपर्ने, फेरी काम नगरी सुख नपाइने हेर्नुहोस्, साइरन बजिरहेको छ बिहान,फेरी दिउँसो काम गर्नुपर्ने,त्यस्तो अवस्थामा नेपाली विद्यार्थीहरुको मानसिक स्थिति पनि त्यस्तो भयो की काम गर्ने अवस्थामा भइएन । ज्यान जोखिममा राखेर बस्न नसकेको कारणले गर्दा हामी सबै सरोकार पक्षलाई दबाब दिने र घर फर्कने योजना बनायौं र फर्किन सफल भयौं त्यसका लागि सरकार, मिडिया र सम्बन्धित निकायलाई धन्यवाद दिन्छौं ।”

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);