युवासंघले सुरु गर्यो राष्ट्रिय श्रम अभियान | ईमाउण्टेन समाचार

Our Network

असार १९ २०८१, मंगलबार

युवासंघले सुरु गर्यो राष्ट्रिय श्रम अभियान

काठमाडौं, १० असोज ||
नेकपा एकीकृत समाजवादीनिकट युवा संघ नेपालले राष्ट्रिय श्रम अभियानको सुरुवात गरेको छ । अभियान अन्तर्गत बुधबार काठमाडौंको लैनचौरस्थित अमृत साइन्स क्याम्पस परिसरको सरसफाइ गरिएको छ ।

पार्टीका सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालको प्रमुख आथित्यतामा अभियानको शुभाराम्भ गरिएको हो । कार्यक्रमलाई सम्बोधन गर्दै नेता खनालले समाजमा भौतिक र राजनीतिक दुई प्रकारका फोहोर रहेको र दुवैखाले फोहोर युवाहरूले मात्र सफाइ गर्ने बताउनु भयो । महिनाको दुई दिन दुई घन्टा, मेरो राष्ट्रका लागि भन्ने नाराका साथ युवा संघले अभियान अगाडि बढाएको हो । उक्त अभियानलाई राष्ट्रव्यापी बनाउने अभियानका संयोजक मनोज खत्रीले जानकारी दिए ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);