मैले सर्प पालन गरेको छैनः झलनाथ खनाल | ईमाउण्टेन समाचार

Our Network

असोज १५ २०८३, शुक्रबार

मैले सर्प पालन गरेको छैनः झलनाथ खनाल

काठमाडौं, १० असोज
पूर्वप्रधानमन्त्री झलनाथ खनालले सर्प प्रकरणमा आफ्नो नाम मुछेर आलोचना गर्ने गरेको भन्दै आपत्ति जनाउनुभएको छ । बुधवार काठमाडौंमा आयोजित नेपाल सर्ट फिल्म अवार्ड २०२३ लाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले आफू सर्लाही जाँदा सर्पको टोकाइका कारण मृत्युवरण गर्नुपरेको घटना देखेकाले सर्पदंशका बिरामीलाई देशमै उपचार हुनुपर्ने र औषधि बन्नुपर्ने माग सम्बोधन गर्नका लागि आवाज उठाएको बताउनु भयो । उहाँले आफ्नो नाममा आफूले नचाहँदा नचाहँदै पनि नाम राखेको र त्यसबाट के–के गरे भन्नेबारे आफू अनविज्ञ रहेको बताउनु भयो ।  उहाँले सर्प पाल्ने काममा आफ्नो कुनै लगानी नरहेको पनि स्पष्ट पार्नुभयो । पछिल्लो समय त्यसलाई विवादमा तान्ने काम भएको भन्दै नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता समेत रहनुभएका उहाँले अख्तियारमा समेत उजुरी परेर छानबिनको विषय बनेको कुरा आफूले जानकारी पाएको बताउनु भयो । उहाँले नाम अर्कैले राखेको तर आफूलाई ७३ करोड भन्ने गरिएको बताउनु भयो । उहाँले सर्प पालनमा आफ्नो कुनै लगानी र पेशा व्यवसाय नभएको स्पष्ट पार्नुभयो ।

पूर्वप्रधानमन्त्री खनालले साहित्य, कला र संस्कृति समाजको शक्ति भएको बताउँदै कला,साहित्य र संस्कृतिको विकास नहुने देश बलियो र समृद्ध नहुने जिकिर गर्नुभयो ।

Leave a Reply