पूर्वसभामुख ढुंगानाको प्रश्नः राजतन्त्र फालेर अहिलेसम्म के राम्रो भयो ? | ईमाउण्टेन समाचार

Our Network

असार १३ २०८१, बुधवार

पूर्वसभामुख ढुंगानाको प्रश्नः राजतन्त्र फालेर अहिलेसम्म के राम्रो भयो ?

काठमाण्डौ, ५ असोज
पूर्वसभामुख दमननाथ ढुंगानाले राजतन्त्र माओवादीले नभइ बिपीको विचारबाट फालिएको बताउनुभएको छ । शुक्रवार काठमाडौंमा आयोजित एक कार्यक्रममा उहाँले यस्तो बताउनुभएको हो । उहाँले २०५२ सालदेखि यो २०८० सम्मको राष्ट्रिय समय खेर गएको बताउनु भयो । उहाँले बिपी संविधान मानेर जाने भए राजतन्त्र फाल्न आवश्यक नभएको कुरामा अडिग रहनुभएको बताउनु भयो । उहाँले संवैधानिक राजतन्त्र भएर अक्षरशः ब्रिटिश ढाँचामा राजतन्त्र राख्ने पक्षमा बिपी भएको बताउनु भयो । उहाँले राजतन्त्र फालेर पनि अहिलेसम्म राम्रो ग¥यौं भन्ने ठाउँ नरहेको बताउनु भयो ।

कार्यक्रममा बोल्दै पूर्वमन्त्री एवं एमाले नेता अग्नि खरेलले संविधान संशोधनको मामिलालाई धेरै नकारात्मक रुपमा लिँदा २०४७ सालको संविधानको हालत जस्तै हुने बताउनु भयो । उहाँले २०५५ सालमा स्थानीय स्वायत्त शासन ऐनले अहिलेको संघीयताको भन्दा बढी स्थानीय तहमा अधिकार दिएको बताउनु भयो । उहाँले तर संविधानका कतिपय चिजमा संशोधन गर्न तयार नहुँदा संविधानमाथि नै प्रश्न उठेर परिवर्तन गर्नुपरेको बताउनु भयो । उहाँले संविधान संशोधन जरुरी रहेको र संघीयतालाई अझै पनि परीक्षण गर्न जरुरी रहेको बताउनु भयो ।
कार्यक्रममा माओवादी नेता एवं पूर्वराष्ट्रिय सभा सदस्य रामनारायण बिडारीले अहिलेको संविधान टिकाउनुपर्ने बताउनु भयो । उहाँले अहिलेको संविधानलाई आवश्यक स्थानमा परिमार्जन र संशोधन गर्नुपर्ने बताउनु भयो । उहाँले संशोधन र परिमार्जनका लागि कुनै आयोग गठन हुनुपर्ने बताउनु भयो । निर्वाचन प्रणाली संशोधन हुनुपर्नेमा आफू सहमत रहेपनि गणतन्त्र, धर्म निरपेक्ष, संघीयता र अन्य फण्डामेण्टल कुरा कुरामा संशोधन गर्न नसकिने बताउनु भयो ।

उहाँले माओवादीले त्यसै जनयुद्ध ग¥यो भन्ने कुरा उठेको भन्दै माओवादीसँग सम्झौता भएको माया गरेर नभएको बताउनु भयो । उहाँले त्यसबेलामा रहेका सात दलले पनि माओवादीलाई जित्न नसक्दा र राजाले पनि जित्न नसकेको र माओवादीले पनि राजालाई जित्न नसक्दा सम्झौता भएको बताउनु भयो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);