पर्यटन बोर्ड र पर्यटन मन्त्रालयको द्वन्द्वले पर्यटन क्षेत्र संकटमा छः सांसद खनाल | ईमाउण्टेन समाचार

Our Network

वैशाख २८ २०८१, शुक्रबार

पर्यटन बोर्ड र पर्यटन मन्त्रालयको द्वन्द्वले पर्यटन क्षेत्र संकटमा छः सांसद खनाल

काठमाण्डौ, ५ असोज
पूर्वमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिशिर खनालले नेपाल पर्यटन बोर्ड र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको द्वन्द्वका कारण नेपालको पर्यटन क्षेत्र संकटमा परेको बताउनुभएको छ । शुक्रवार सिंहदरबारमा बसेको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले पर्यटन बोर्डले बजेट एलोकेट गर्न नसक्दा ठूला पर्यटनसँग सम्बन्धित प्रदर्शनीमा नेपालको सहभागिता हुन नसकेको भन्दै समितिको ध्यानाकर्षण गराउनु भयो । उहाँले अझै अक्टोबरमा हुने पर्यटनसँग सम्बन्धित प्रदर्शनीमा बजेट नभएकै कारण नेपालबाट सहभागिता हुन नसक्ने कुरा आइरहेको भन्दै समितिले यसबारेमा गम्भीर रुपमा सोच्नुपर्ने बताउनु भयो ।
सांसद खनालले समितिले सरकारलाई यसबारेमा आवश्यक निर्देशन गर्नुपर्ने बताउनु भयो ।

 

 

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);