अध्यागमनहरुको कमजोरी पहिचान गरी सच्याउन जरुरी छः सांसद बराल | ईमाउण्टेन समाचार

Our Network

वैशाख १८ २०८१, मंगलबार

अध्यागमनहरुको कमजोरी पहिचान गरी सच्याउन जरुरी छः सांसद बराल

काठमाण्डौ, ५ असोज ||
नेकपा एमालेकी सांसद सुनिता बरालले अध्यागमन विभागहरुको अध्ययन जरुरी रहेको बताउनुभएको छ । शुक्रवार सिंहदरबारमा बसेको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले अध्यागमनहरुको कमजोरी पहिचान गरी सच्याएर अध्यागमनहरुलाई बलियो बनाउनुपर्नेमा जोड दिनुभयो । उहाँले बढी नेपालीहरु रहेको देशमा रहेका नेपाली दुतावासहरुमा जनशक्ति बढाएर त्यहाँ रहेका नेपालीहरुलाई सहज सुविधाको व्यवस्था गर्न आग्रह गर्नुभयो । उहाँले सम्बन्धित देशमा नेपापलीको संख्या कति छ ? भन्नेसम्मको एउटा तथ्यांक सहित व्यवस्थित कार्ययोजना बनाउन आवश्यक रहेको बताउनु भयो ।

सांसद बरालले विदेशस्थित दुतावहरुमा जनशक्ति बढाएर त्यहाँ रहेका नेपालीहरुको सेवालाई सहज बनाउनुपर्ने बताउनु भयो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);