नेपालमा संस्कृति नीति बनाउन जरुरी भयोः वर्षमान पुन | ईमाउण्टेन समाचार

Our Network

जेठ ८ २०८१, मंगलबार

नेपालमा संस्कृति नीति बनाउन जरुरी भयोः वर्षमान पुन

काठमाण्डौ, ५ असोज
नेकपा (माओवादी केन्द्र) का सांसद वर्षमान पुनले नेपालमा संस्कृति नीति बनाउन जरुरी देखिएको बताउनुभएको छ । शुक्रवार सिंहदरबारमा बसेको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा उहाँले यस्तो बताउनुभएको हो । उहाँले नेपालमा संस्कृति नीति नभएका कारण विभिन्न धार्मिक र सांस्कृतिक विद्वेष फैलिरहेको उल्लेख गर्नुभयो । उहाँले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई संस्कृति नीति बनाउन समितिले निर्देशन दिनुपर्ने बताउनु भयो । उहाँले धरानका जस्ता घटनाहरु नेपालमा बढीरहेको भन्दै प्रश्न उठिसकेपछि सरकारले सम्बोधन गर्नुपर्ने बताउनु भयो ।

सांसद पुनले धर्म निरपेक्ष सम्बन्धी नीति र यसलाई व्यवस्थित गर्न आवश्यक कानूनको परिमार्जन गर्न निश्चित मर्यादा बनाउनुपर्ने पनि बताउनु भयो ।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);