नेपालमा पर्यटन नीति नै छैनः पर्यटनमन्त्री किराती | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

नेपालमा पर्यटन नीति नै छैनः पर्यटनमन्त्री किराती

काठमाडौं । नेपालमा पर्यटन नीति नै नभएको संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री सुदन किरातीले बताउनु भएको छ ।

शनिबार काठमाडौंमा आयोजित नेपाल थामी समाजको छैठौं राष्ट्रिय महाधिवेशनमा बोल्दै मन्त्री किरातीले मुलुकमा संस्कृति र पर्यटनसम्बन्धि नीति नै नभएको स्विकार गर्नु भएको हो । उहाँले अवको नेपालको पर्यटन नेपालीपनको हुने घोषणा समेत गर्नु भयो । रैथाने स्वाद र संस्कृतिसहितको अवको पर्यटन हुनुपर्ने उहाँको भनाई थियो । मन्त्री किरातीले नेपालमा पर्यटनका लागि अथाह सम्भावना भएपनि त्यसको परिचालन गर्ने नीतिहरुकै अभाव देखिएको बताउनु भयो । उहाँले मुलुकको पर्यटन व्यवसायलाई अघि बढाउनका लागि सोसम्बन्धि अध्ययन, अनुसन्धान हुनुपर्नेमा पनि जोड दिनु भयो । मन्त्री किरातीले भन्नु भयो, ‘पर्यटन नीति हामीले अहिलेसम्म बनाउनै सकेनौं । हाम्रो संस्कृति नीति बनाउनै सकेनौं । सकिएन छ म त भर्खर मन्त्री भएको ६१ दिन भयो । चाईनिज कल्चर सेन्टरसँग नेपालमा । स्पेनिस कल्चर सेन्टर छ नेपालमा । ररियन कल्चर सेन्टर, इन्डियन कल्चर सेन्टर छ नेपालमा । तर नेपालको त केही पनि छैन । ऊसको चाँही यहाँ पनि छ । हाम्रो चाँही केही पनि छैन । संस्कृतिलाई रिसर्च गर्ने सेन्टहरु खैं ? हामी लोप नभएर को लोप हुन्छ अव । भनेपछि हामीले अनुसन्धानको क्षेत्रमा कति पनि काम गरेका छैनौं । अहिले म भन्दैछु–अवको पर्यटन भनेको चाँही प्रकृतिको सम्पदा र मानवको सम्पदालाई मिश्रण गरेर बनेको नेपालीपनको पर्यटन हुन्छ । रैथाने स्वाद र संस्कृतिसहितको अवको पर्यटन हुनुपर्छ ।’

मन्त्री किरातीले अन्य देशका कल्चर सेन्टरहरु नेपालमा भएपनि नेपालले भने सो काम नगरेकाले यहाँका संस्कृतिहरु लोप हुने अवस्था पुगेको बताउनु भयो । उहाँले नेपालीपनको विकास गरेर मात्रै नेपालले पर्यटनको क्षेत्रमा उल्लेख्य प्रगति गर्न सक्ने दोहो¥याउनु भयो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);