अर्थमन्त्रीले राजस्व हिनामिना गर्नुभयो, तत्काल संसदीय समिति गठन गरी छानविन गरियोस्ः गुरुप्रसाद बराल | ईमाउण्टेन समाचार

Our Network

भदौ २६ २०८३, शनिबार

अर्थमन्त्रीले राजस्व हिनामिना गर्नुभयो, तत्काल संसदीय समिति गठन गरी छानविन गरियोस्ः गुरुप्रसाद बराल

काठमाडौं ।

प्रतिपक्ष दल नेकपा (एमाले)का सांसद गुरुप्रसाद बरालले अर्थमन्त्री डा. स्वर्णिम वाग्ले राजस्व हिनामिना गरेको आरोप लगाउँदै छानविनका लागि तत्काल संसदीय समिति गठन गर्नुपर्ने माग गर्नुभएको छ । शुक्रवार प्रतिनिधि सभा बैठकमा बोल्दै उहाँले करको दर तलमाथि गरेर अर्थमन्त्री वाग्लेले राजश्व हिनाहिना गरेकाले संसदीय छानविन समिति गठन गरी त्यसको छानविन हुनुपर्ने बताउनुभएको हो ।

सांसद बरालले विगतलाई देखाएर अर्थमन्त्री वाग्लेले आफूले गरेको गल्तीबाट उम्किन नपाउने पनि बताउनु भयो । उहाँले विगतमा त्यस्ता घटना भएको भए छानविनको दायरामा आउन विपक्ष दलहरु तयार रहेको पनि बताउनु भयो ।सांसद बरालले अर्थमन्त्री वाग्लेमाथि छानविनका लागि अभिलम्व कदम चाल्न पनि सभामुख डोलप्रसाद अर्यालको ध्यानाकर्षण गराउनु भयो ।

Leave a Reply

ताजा समाचार