अख्तियारका पदाधिकारीलाई प्रधानमन्त्रीले धम्की दिएको विषय आपत्तिजनक छ, छानविनका लागि संसदीय समिति गठन गरियोस्ः काँग्रेस | ईमाउण्टेन समाचार

Our Network

साउन २० २०८३, बिहीबार

अख्तियारका पदाधिकारीलाई प्रधानमन्त्रीले धम्की दिएको विषय आपत्तिजनक छ, छानविनका लागि संसदीय समिति गठन गरियोस्ः काँग्रेस

काठमाडौं ।

प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पदाधिकारीमाथि धम्की दिएको भन्दै प्रधानमन्त्री बालेन्द्र साहप्रति आपत्ति जनाएको छ । प्रधानमन्त्री कार्यालयमा बोलाएर प्रधानमन्त्री साहले उनीहरुमाथि धम्की दिने काम गरिएको विषय आपत्तिजनक भएकाले त्यसको सत्यतथ्य बाहिर ल्याउनका लागि संसदीय छानविन समिति गठन गर्नपर्ने काँग्रेस सांसद नरेन्द्रकुमार केरुङको माग छ ।

बिहीवार प्रतिनिधि सभा बैठकमा बोल्दै उहाँले संवैधानिक आयोगका पदाधिकारीलाई प्रधानमन्त्री कार्यालयमा थुनछेक गरेर धम्की दिने काम उचित नभएको यसबारे प्रधानमन्त्रीले संसदमा आएर जवाफ दिनेपर्ने माग समेत गर्नुभयो ।सांसद केरुङले गृहमन्त्री सुधन गुरुङमाथि गरिएको छानविन आयोगको प्रतिवेदन सार्वजनिक गर्न पनि सरकारलाई दवाव दिनुभयो ।

Leave a Reply

ताजा समाचार