प्रतिनिधि सभा बैठकमा मन्त्रीहरूले मर्यादा उल्लंघन गरेको भन्दै एमालेद्वारा नियमापत्ति | ईमाउण्टेन समाचार

Our Network

असार ३ २०८३, बिहीबार

प्रतिनिधि सभा बैठकमा मन्त्रीहरूले मर्यादा उल्लंघन गरेको भन्दै एमालेद्वारा नियमापत्ति

काठमाडौं ।

नेकपा (एमाले) का मुख्य सचेतक ऐनबहादुर महरले प्रतिनिधि सभाको बैठकमा मन्त्रीहरूले संसदीय मर्यादा र नियमावलीको उल्लंघन गरेको भन्दै नियमापत्ति जनाउनुभएको छ । बिहीवारको बैठकमा मन्त्रीहरूले सभाको स्थापित नियम र गरिमाको बेवास्ता गरेको भन्दै उहाँले सभामुखको ध्यानाकर्षण गराउनुभएको हो । मुख्य सचेतक महरले प्रतिनिधि सभा नियमावलीको नियम २० को खण्ड ६ मा रहेको व्यवस्था बमोजिम नियमापत्ति गर्नुभएको थियो । उक्त नियममा सभामुखको आसन र बोलिरहेका सदस्यको बीचबाट हिँड्न नहुने स्पष्ट व्यवस्था गरिएको छ ।

बैठकमा सांसद रमेश मल्लले आफ्नो धारणा राखिरहेका बेला दुईजना मन्त्रीहरू सभामुख र मल्लको बीचबाट हिँडेपछि महरले समय माग गरी आपत्ति प्रकट गर्नुभयो । उहाँले मन्त्रीहरूले जानाजानी मर्यादा उल्लंघन गरेको भन्दै उक्त कार्यप्रति घोर आपत्ति र निन्दा व्यक्त गर्नुभयो । साथै, आगामी दिनमा यस्ता गतिविधि दोहोरिन नदिन र संसदीय मर्यादा अक्षुण्ण राख्नका लागि सभामुखबाट स्पष्ट रुलिङ हुनुपर्ने माग समेत गर्नुभयो ।

Leave a Reply

ताजा समाचार