सांसद बरालको प्रश्नः विदेशी पर्यटक भित्र्याउन बोर्डसँग व्यवस्थित योजना छैन ? | ईमाउण्टेन समाचार

Our Network

जेठ ८ २०८१, मंगलबार

सांसद बरालको प्रश्नः विदेशी पर्यटक भित्र्याउन बोर्डसँग व्यवस्थित योजना छैन ?

काठमाडौं, १९ पुस ||
नेकपा एमालेकी सांसद सुनिता बरालले विदेशी पर्यटक नेपाल भित्र्याउन पर्यटन बोर्डसँग व्यवस्थित योजना नरहेको बताउनुभएको छ । बिहीवार बसेको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा उहाँले यस्तो बताउनुभएको हो । उहाँले नेपाल पर्यटन बोर्डका कार्यकारी निर्देशक डा. धनञ्जय रेग्मीले समितिमा प्रश्तुत गर्नुभएको कार्यपत्रबाट पर्यटन बोर्ड विदेशी पर्यटकलाई कसरी व्यवस्थित रुपमा नेपाल भित्र्याउने भन्ने समृद्ध योजनामा नरहेको स्पष्ट हुने बताउनु भयो । उहाँले कार्यकारी निर्देशक रेग्मीले आफ्नो कार्यपत्रमा विदेशमा कति अर्गनाइजेशन छन्, कति वटा संगठनहरु छन् र तिनीहरुले के काम गरिरहेका छन् ? भन्नेबारेमा भन्न नसकेको बताउनु भयो । बाहिर रहेर नेपालमा पर्यटक भित्र्यान कसले कति प्रभावकारी काम गर्नसक्छन् भन्नेकुराको व्यवस्थित योजना बनाउन आवश्यक रहेको बताउनु भयो । सांसद बरालले पर्यटन बोर्डले नेपाल आउने पर्यटकहरुले नेपालमा घुम्ने ठाउँहरुको जानकारी लिन कल सेन्टरको व्यवस्था गर्न नसकेको बताउनु भयो । उहाँले नेपाल आउने पर्यटकलाई सूचना दिने पहिलो श्रोत नेपाल पर्यटन बोर्ड हुनुपर्ने बताउनु भयो । सांसद बरालले काठमाडौं, चितवन, पोखरा र लुम्बिनी भन्दा बाहिर पनि कार्यक्रमहरु गर्नेर पर्यटन प्रवद्र्धन गर्न आवश्यक कदम चाल्नुपर्ने आवश्यकता रहेको बताउनु भयो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);