काठमाडौं, २ असोज । रुपन्देहीको तिलोत्तमा–९ केउलानीमा झडप हुँदा एक जनाको मृत्यु भएको छ । दुई समुहबीच सोमबार रातिको झडपमा परेर ३ जना मजदुर पनि घाइते भएका छन् । घाइतेमध्ये २ जनाको अवस्था गम्भिर रहेको प्रहरीले बताएको छ ।
विभिन्न जिल्लाबाट रुपन्देहीमा मजदुरी गर्दै आएका समुहबीच झडप भएको हो । उनीहरु एकै होटलमा बसेर मदिरा सेवन गरिरहेका थिए । उनीहरुबीच सामान्य विवाद बढ्दै जाँदा झडप भएको हो ।
झडपमा परेर हेटौडां घर भएका रुपन्देहीको मंगलापुरमा बस्दै आएका सुरेश स्याङताङको मृत्यु भएको हो । स्याङताङमाथि अर्को समुहले चक्कु प्रहार भएको थियो । उनको उपचारको क्रममा निधन भएको हो । विकास वाइवा, राजु तामाङ र हस्तसिंह तामाङ घाइते भएका छन् । घाइतेहरुको भैरहवा मेडिकल कलेजमा उपचार भइरहेको छ ।