आफ्नै शरीरमा आगो लगाएर आत्महत्याको प्रयास गर्ने महिलाको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

माघ २६ २०८१, शनिबार

आफ्नै शरीरमा आगो लगाएर आत्महत्याको प्रयास गर्ने महिलाको मृत्यु

दार्चुला, ११ भदौ । दार्चुलामा आइतबार शरीरमा मट्टीतेल छर्केर आगो लगाइ आत्मदहको प्रयास गरेकी महिलाको मृत्यु भएको छ । शैल्यशिखर नगरपालिका ५ तल्लो सेतकलाकि अन्दाजी ४५ वर्षीया श्रीमती सुना साउदको उपचारका लागि धनगढी अस्पताल लैजादै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

श्रीमान बजार निस्किएलगत्तै साउदले आइतबार विहान आफनै शरिरमा मट्टीतेल छर्केर आगो लगाइ आत्महत्याको प्रयास गरेकी हुन्। उनले आगो लगाएको छिमेकीहरूले थाहा पाएपछि शरिरमा लागेको आगो निभाइ उपचारका लागी गोकुलेश्वरअस्पताल लगेका थिए । गोकुलेश्वर अस्पतालमा उपचार हुन नसकेपछि थप उपचारका लागि धनगढी लगिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जानकारी दिएको छ ।

घाइते साउदको घुडा भन्दा माथीको भाग ८० प्रतिशत जलेर अवस्था गम्भीर रहेको प्रहरीको भनाइ छ । घटनाबारे वास्तविकता खुल्न नसकेको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);