काठमाडौं, ८ भदौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संसदीय दलको बैठक बोलाएको छ ।
बैठक साँझ ५ बजे पार्टी दलको कार्यालय सिंहदरबारमा बस्दै छ ।
आज बस्ने संसदीय दलको बैठकमा भदौ ११ गते हुन लागेको संसदका विषयगत समितिका सभापतिहरूको निर्वाचन, संसदमा पार्टीले दर्ता गरेका संकल्प र सार्वजनिक महत्त्वका प्रस्तावको विषयमा छलफल हुने बताइएको छ ।