१८ बैशाख, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच पछिल्लो राजनीतिक घटनाका विषयमा छलफल भएको छ ।
सिंहदरबारमा भएको छलफलमा एमाले अध्यक्ष ओलीले सरकारले दुई चरणमा गर्न लागेको निर्वाचन र बजेट ल्याउने मितिबारे जिज्ञासा राख्नुभएको थियो ।
प्रधानमन्त्री दाहालले भने आपसी समझदारीबाट ती विषय सुल्झाउन सकिने बताउनुभएको थियो । समझदारीमा नै निर्वाचन सम्पन्न गरेर जानुपर्छ भनेर प्रतिपक्षी दलका नेतासँग छलफल भएको बैठकपछि प्रधानमन्त्री दाहालले जानकारी दिनुभयो ।
प्रधानमन्त्री दाहालले समझदारीबाटै समस्या समाधान गरिने र भोलि नै निर्वाचनको उम्मेदवारी दर्ता कार्य अगाडि बढ्ने बताउनुभयो । प्रधानन्यायाधीशको बिषयमा ओलीले राखेको जिज्ञासामा प्रधानमन्त्री दाहालले प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्धको महाभियोग नियम कानुन र प्रक्रिया अनुसार नै अघि बढ्ने बताउनुभयो ।