परम्परागत व्यवसाय गर्नेका लागि भारतद्वारा १३० बिलियन भारुको नयाँ योजना घोषणा | ईमाउण्टेन समाचार

Our Network

असार २ २०८१, शनिबार

परम्परागत व्यवसाय गर्नेका लागि भारतद्वारा १३० बिलियन भारुको नयाँ योजना घोषणा

सिन्ह्वा । भारत सरकारले साना परम्परागत व्यवसाय गर्ने कालीगढ र शिल्पकारहरुका लागि १३० बिलियन भारु (१.५६ बिलियन अमेरिकी डलर) को नयाँ योजना घोषणा गरेको छ । रोल…

बुधवार भारत सरकारले परम्परागत व्यवसायमा लागेका कालीगढ शिल्पकारहरुका लागि १३० बिलियन भारतीय भारुको नयाँ योजना घोषणा गरेको हो ।

योजनाको प्रमुख उद्देश्य दक्षिण एशियाली देशहरुको शहरी र ग्रामिण क्षेत्रमा रहेका यससँग सम्बन्धित श्रमीकहरुलाई सम्मान पारिश्रमीक दिनु हो ।

यस योजनाले सिकर्मी, सुनको काम गर्ने, फलामको काम गर्ने, कपाल काट्ने, माला बनाउने, कपडा सिलाउने, माछा मार्ने र जाल बनाउने लगायत १८ परम्परागत व्यपार गर्नेहरुलाई समावेश गर्ने लक्ष्य राखिएको छ ।

यो योजनाले सीप विकासमा ध्यान दिने, बजारीकरणलाई प्राथमिकता दिने पनि बताइएको छ । यस योजनाले परम्परागत सीपको प्रवद्र्धन गर्न मद्दत पुग्ने अपेक्षा छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);