१८ बैशाख, काठमाडौं । नेपाली कांग्रेसले शक्ति पृथकीकरणको सिद्धान्त विपरित काम गरेका कारण प्रधानन्यायाधीश सुशीला कार्की विरुद्ध महाअभियोग प्रस्ताव दर्ता गर्नुपरेकोे स्पष्ट पारेको छ ।
सोमबार पार्टी कार्यालय सानेपामा भएको पत्रकार भेटघाटमा कांग्रेस नेता रमेश लेखकले महाअभियोग प्रस्तावको बचाउ गर्दै न्यायपालिकालाई स्वतन्त्र, निष्पक्ष र मर्यादित बनाउन महाअभियोग प्रस्ताव दर्ता गरिएको दाबी गर्नुभयो ।
शक्ति पृथकिकरणको सिद्धान्तलाई जिवन्त बनाउन कांग्रेसले यस्तो कदम चालेको उहाँको भनाइ थियो ।
शान्ति सुरक्षा कायम गर्न आईजीपी नियुक्त गर्ने निर्णय सरकारको भएको बताउँदै नेता लेखकले सर्वोच्चमा झुटो विवरण पेश गर्ने व्यक्तीको पक्षमा प्रधानन्यायाधीशले फैसला गरेको आरोप समेत लगाउनुभयो । कांग्रेसले प्रधानन्यायाधीशले न्यायालयभित्र गुटबन्दी गर्न खोजेको आरोप लगाएको छ ।