१८ बैशाख, काठमाडौं । प्रमुख निर्वाचन आयुक्त डाक्टर अयोधीप्रसाद यादवले पहिलो चरणको निर्वाचनका लागि सम्पूर्ण तयारी पुरा भएको जानकारी दिनुभएको छ ।
राजधानीमा सोमबार आयोजित स्थानीय तह निर्वाचनमा यौनीक तथा लैङगिक अल्पसंङख्यकसँगको छलफलमा ३, ४ र ६ नम्बर प्रदेशमा बैषाख ३१ गते निर्वाचन गराउन आयोगले आफ्नो तयारी पुरा गरेको बताउनुभयो ।
उहाँले तीन वटै प्रदेशका प्रत्येक जिल्लामा आवश्यक निर्वाचन सामाग्री पुगिसकेको जानकारी दिनुभयो । उहाँले कुन ठाउँको कसले उम्मेदवारी दियो भन्ने मंगलबार बेलुकासम्ममा निक्र्योल हुने बताउनुभयो ।
प्रमुख निर्वाचन आयुक्त यादवले स्थानीय तहको निर्वाचन पछि शक्ति विकेन्द्रीकरण हुने भन्दै निर्वाचन महत्वपूर्ण भएको बताउनुभयो । निर्वाचन आयोग लैङगीक र समावेशी नीति लिएर अगाडी बढेकाले अन्य व्यक्ती सरह मतदान गर्न पाउने बताउनुभयो ।