कृषकले लगाएको आगो फैलिँदा दार्चुलामा वन विनास बढ्यो | ईमाउण्टेन समाचार

Our Network

चैत १४ २०८०, बुधवार

कृषकले लगाएको आगो फैलिँदा दार्चुलामा वन विनास बढ्यो

दार्चुला, ३० पुष  । कृषकले खरबारीमा लगाएको आगो फैलिँदा दार्चुलाका वन क्षेत्र सखाप हुँदै गएका छन् ।

असोज र कात्तिकमा खर काटिसकेपछि अर्को वर्ष बढी खर उत्पादन गर्ने अभिलाषामा कृषकले लगाएको आगो सर्वत्र फैलिएको हो । खरबारीमा लगाएको आगो अनियन्त्रित भएर जंगलमा फैलिँदा वन्यजन्तु विस्थापित हुनुका साथै वन विनास बढेको छ ।

पानी नपरेका कारण लामो समय आगो ननिभ्दा वायु प्रदूषण बढेको स्थानीयले बताएका छन् । वनक्षेत्र मासिँदै जाँदा पानीका मुहान सुक्दै गएको उनीहरूको भनाइ छ । दार्चुलाका कृषकले हरेक वर्ष खर काटिसकेपछि पुस र माघमा खरबारीमा आगो लगाउने गर्छन् । आगलागीका कारण विनास निम्तिरहँदा स्थानीय जनप्रतिनिधिहरूले पनि कृषकलाई खरबारीमा आगो नलगाउनतर्फ सचेत गराउन चासो नदिएको स्थानीय बासिन्दा बताउँछन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);