अत्याधुनिक फोहोरमैला प्रशोधन केन्द्र दुई वर्षदेखि अलपत्र | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

अत्याधुनिक फोहोरमैला प्रशोधन केन्द्र दुई वर्षदेखि अलपत्र

कपिलवस्तु, ३० पुष । सिद्धार्थनगर नगरपालिकाले बनाउन लागेको अत्याधुनिक फोहोरमैला प्रशोधन केन्द्र दुई वर्षदेखि अलपत्र छ ।

वातावरण प्रदूषित हुने भन्दै स्थानीयले निरन्तर अवरोध गरेपछि प्रशोधन केन्द्र निर्माण अलपत्र परेको हो । वातावरणीय प्रभाव मूल्यांकनअनुसार बन्ने प्रशोधन केन्द्रले वातावरणमा कुनै असर नपु¥याउने दाबी गरिरहेको नगरपालिकाले स्थानीयलाई भने प्रस्ट पार्न सकेको छैन ।

भैरहवा क्षेत्रको फोहोर व्यवस्थापन गर्न नगरपालिकाले कपिलवस्तुको ओमसतिया गाउँपालिका–५, पट्खौलीमा ६ बिघा जग्गा खरिद गरेर प्रशोधन केन्द्र निर्माण प्रक्रिया अघि बढाएको थियो । स्थानीय बासिन्दा, राजनीतिक दल, सरोकारवाला निकायसँग अवरोध हटाउने विषयमा पटक–पटक भएका छलफल निष्कर्षमा पुग्न नसक्दा फोहोर प्रशोधन केन्द्रको काम अघि नबढेको सिद्धार्थनगर नगरपालिकाका प्रमुख हरि अधिकारीले जानकारी दिए ।

प्रशोधन केन्द्र निर्माणका लागि एसियाली विकास बैंकले ३२ करोड १५ लाख ७४ हजार आर्थिक सहयोग गरेको छ । प्रशोधन केन्द्र नहुँदा हाल नगरपालिकामा दैनिक उत्पादन हुने ३० टन फोहोर डण्डा खोला किनारमा फालिँदै आएको छ । यसले भैरहवासमेत दुर्गन्धित बन्दै गएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);