सेवाग्राहीको सहजीकरणका लागि बुंगल नगरपालिकामा सिसिटिभी जडान | ईमाउण्टेन समाचार

Our Network

जेठ ६ २०८१, आइतबार

सेवाग्राहीको सहजीकरणका लागि बुंगल नगरपालिकामा सिसिटिभी जडान

काठमाडौं, २३ साउन । बझाङको बुंगल नगरपालिकाले सिसिटिभी जडान गरेको छ । सेवाग्राहीको सहजीकरणका लागि ८ वटा सिसिटिभी जडान गरेको मेयर जयबहादुर धामीे बताउनुभयो ।

उहाँको अनुसार सेवा ग्राहीको सहजीकरण र अन्य नगरपालिकाले गर्ने कामको रेकर्ड राख्ने उदेश्यले सोमबार नगरपालिकाले सिसिटिभी जडान गरेको हो । सिसिटिभी जडान मार्फत कर्मचारीले दिने सेवाको निगरानी र सेवाग्राहीको सेवा सहजीकरण गर्ने उदेश्यले प्रमुख प्रशासकीय अधिकृत कार्यकक्षमा सिसिटिभी जडानको मोनेटर राखिएको अध्यक्ष धामीले जानकारी दिनुभयो । जहाँ महिनौं सम्मको डाटा स्टोर हुने ब्यबस्था मिलाइएको छ ।

सिसिटिभी क्यामेरा लेखा शाखा, स्टोर शाखा भित्र पनि राखिएको छ । अन्य धेरै भिडभाड हुने ठाँउमा गरि ८ वटा क्यामरा जडान गरिएको हो । सिसिटिभी क्यामरा राखेसँगै नगरपालिकामा हुने सम्पुर्ण कामको निगरानी हुने र कर्मचारी, सेवाग्राही र जनप्रतिनिधिलाई सेवा लिन र दिन सहजीकरण हुने धामीले विश्वास लिएका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);