प्रतिनिधिसभा बैठक ३ बजे बस्दै | ईमाउण्टेन समाचार

Our Network

वैशाख २४ २०८१, सोमबार

प्रतिनिधिसभा बैठक ३ बजे बस्दै

काठमाडौँ, २३ साउन । संघीय संसदअन्तर्गत प्रतिनिधिसभा बैठक आज बस्दै छ । सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा दिउँसो ३ बजे बैठक बस्दैछ ।

राष्ट्रपति कार्यालयबाट प्राप्त कार्यभार तोकिएको र विधेयक प्रमाणीकरण सम्बन्धी पत्रहरूको ब्यहोरा पढेर सुनाउने तथा प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयबाट प्राप्त कार्यभार तोकिएको पत्र पढेर आजको बैठकमा सुनाइने सम्भावित कार्यसूची रहेको छ ।

त्यस्तै,नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका नेकपा एमालेका सांसद टोपबहादुर रायमाझीलाई निलम्बन गरिएको जानकारी सभामुखले गराउने छन् ।

शिक्षा मन्त्री अशोककुमार राईले राष्ट्रियसभामा उत्पत्ति भएको नेपाल विश्वविद्यालय विधेयक २०८० लाई बफादार छलफलका लागि सबन्धित समितिमा पठाउने प्रस्ताव पेस गर्नेछन् ।

 

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);