रुकुम पश्चिमको चौरजहारी विमानस्थलमा हवाई उडान बन्द | ईमाउण्टेन समाचार

Our Network

वैशाख ६ २०८१, बिहीबार

रुकुम पश्चिमको चौरजहारी विमानस्थलमा हवाई उडान बन्द

maxresdefault

काठमाडौं, २९ पुष । नेपाल वायुसेवा निगमले रुकुम पश्चिमको चौरजहारी विमानस्थलमा हवाई उडान बन्द गरेको आठ महिना बितिसक्दा पनि पुनः सञ्चालनमा ल्याएको छैन ।

सातामा दुईवटा उडान भर्दै आएको निगमले सेवा बन्द गरेपछि पश्चिम रुकुमका बासिन्दा समस्यामा परेका छन् । चौरजहारी विमानस्थल बन्द भएपछि पश्चिम रुकुमको पर्यटन प्रवद्र्धनमा समेत अवरोध पुगको छ । हवाई सेवा बन्द भएपछि चौरजहारी अस्पतालबाट नेपालगन्ज र काठमाडौंका लागि रेफर गरिएका बिरामी सडक यातायातको भर पर्न बाध्य छन् ।

कतिपय गम्भीर प्रकृतिका बिरामीलाई गाडीमा नेपालगन्ज पु¥याउनुपर्दा जोखिम बढेको स्थानीय नारायणप्रसाद आचार्यले जानकारी दिए । नागरिक उड्डयन प्राधिकरण चौरजहारी स्टेसन निमित्त प्रमुख सुरेन्द्र आचार्यले प्राविधिक कारणले हवाई सेवा अवरुद्ध भएको बताए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);