नारायणगढ–मुग्लिन सडक माघ २ गतेसम्म रातिमा पनि खुला | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३१ २०८१, सोमबार

नारायणगढ–मुग्लिन सडक माघ २ गतेसम्म रातिमा पनि खुला

चितवन, २९ पुस । राति बन्द गरिँदै आएको नारायणगढ–मुग्लिन सडक खण्ड चार दिनका लागि खुला गरिएको छ । माघे संक्रान्तिलाई मध्यनजर गर्दै सडक शनिबारदेखि ४ दिनसम्मका लागि खुल्ला गरिएको नारायणगढ–मुग्लिन सडक आयोजनाका इन्जिनियर शिव खनालले जानकारी दिए ।

सडक निर्माण तथा मर्मतका लागि यस सडकमा पुस १८ गतेबाट राति १० बजेदेखि बिहान ४ बजेसम्म सवारी सञ्चालनमा रोक लगाइएको थियो ।

उक्त सडक माघ २ गते सम्म राति पनि खुल्ला रहने छ । दिउँसो निर्माणको काम भएपनि सडक अवरुद्ध नहुने आयोजनाले जनाएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);