बझाङमा घर भत्काएको आरोपमा ३ जना पक्राउ | ईमाउण्टेन समाचार

Our Network

मंसिर ७ २०८१, शुक्रबार

बझाङमा घर भत्काएको आरोपमा ३ जना पक्राउ

काठमाडौं, १५ साउन । बझाङको बित्थरचिर गाउँपालिका यतिबेला अशान्त बनेको छ । गत साउन ११ गते सो गाउँपालिका–७ स्यालढुंगामा स्थानीय पुड्के आखेडाको घर भत्काइएपछि गाउँपालिका नै अशान्त बनेको हो ।

केहीले सार्वजनिक जग्गा खाली गराउने क्रममा ओखेडाको घर भत्काइएको भनिरहेका छन् भने अर्को थरीले दलित भएकै कारण उनको घर भत्काइएको दाबी गर्दै आएका छन् । जातिय विभेद गरेको भन्दै विवाद चुलिदै गएको छ ।

ओखेडाले आफ्ना बुवाले २०५७ सालमै जग्गा किनेको बताउँछन् । उनको बनाउँदै गरेको घर मात्र भत्काइएको छैन् उनको परिवारले वर्षभरी खानुपर्ने मकैको बोट पनि काटिएको छ ।

ओखेडाले दिएको निवेदनअनुसार प्रहरीले ३ जनालाई पक्राउ गरेको हो । धामी गाउँका कृष्ण जोशी,भवानी जोशी र नन्दलाल जोशीलाई प्रहरीले पक्राउ गरेको हो । ओखेडाले आफ्नो लालपुर्जा भएकै जग्गामा घर बनाएको र निर्माणाधिन घर भत्काउनेहरु विरुद्ध प्रहरी कार्यालयमा उजुरी दिएका थिए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);