अनुसन्धान अधिकृतले परिवारलाई १० बजे आइपुग्ने वाचा गरे तर पुग्न सकेनन् | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८३, मंगलबार

अनुसन्धान अधिकृतले परिवारलाई १० बजे आइपुग्ने वाचा गरे तर पुग्न सकेनन्

काठमाडौं, १० साउन । पछिल्लो समय हत्या हिंसाका घटना बढ्दै गइरहेको छ । राष्ट्रिय अनुसन्धान विभागका अधिकृत सर्लाहीमा मृत अवस्थामा फेला परेका छन् । ईश्वरपुर नगरपालिका–९ खोरिया टोलमा २९ वर्षीय अधिकृत बसन्त साह फुलजोर कल्भर्ट मुनि मृत फेला परेको प्रहरीले जनाएको छ ।

उनको शव नजिकै उनले प्रयोग गर्दै आएको मोटरसाइकल पनि दुर्घटनाग्रस्त अवस्थामा फेला परेको जनाइएको छ ।

घटनाबारे बिस्तृत अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ । साहले परिवारलाई १० बजे रातितिर घर अइपुग्छु भनि खबर गरेका थिए । तर उनी आफैले वाचा गरेको समयमा घर पुग्न सकेनन् ।

Leave a Reply

ताजा समाचार