काठमाडौं,२४ असार । राष्ट्रिय सभाको बैठक आज पनि नेकपा एमालेले अवरुद्ध गरेको छ ।
बैठक सुरु भएलगत्तै एमालेकी सांसद भगवती न्यौपानेलाई समय राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले बोल्ने समय दिएका थिए ।
न्यौपानेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय स्वाधिनताविरुद्ध पटक–पटक धावा बोलेको आरोप राजीनामा नआएसम्म बैठक चल्न नदिने बताएपछि एमाले सांसदहरु आफ्नो स्थानबाट उठे ।