सुन तस्करी प्रकरणमा सरकारले वेवास्ता गरेको भन्दै राष्ट्रियसभा बैठक अबरुद्ध | ईमाउण्टेन समाचार

Our Network

वैशाख २८ २०८१, शुक्रबार

सुन तस्करी प्रकरणमा सरकारले वेवास्ता गरेको भन्दै राष्ट्रियसभा बैठक अबरुद्ध

काठमाडौँ, २२ साउन । आज पनि प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले राष्ट्रिय सभा बैठक अवरुद्ध गरेको छ ।

आजको बैठकमा एमाले सांसद दिलकुमारी रावलले सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानविन समिति गठनमा सरकारले वेवास्ता गरेको भन्दै समिति नबनेसम्म सदन अघि बढ्न नसक्ने बताएपछि एमालेका अन्य सांसदहरुले उठेर विरोध जनाएका थिए ।

विरोधका बीच अध्यक्ष गणेश तिमिल्सिनाले रावललाई बोल्न समय दिए । बोल्ने क्रममा रावलले सरकारमा आवद्ध राजनीतिक दलकै नेता कार्यकर्ता सुन तस्करीमा मुछिएको भन्दै सरकार सुन तस्करी प्रकरणमा निष्पक्ष छानविनको पक्षमा नदेखिएकाले बैठक चल्न नसक्ने बताइन् ।

अध्यक्ष तिमिल्सिनाले अर्को बैठक साउन २४ गते बुधबार दिउँसो १ बजे बस्नेगरी स्थगित गरेको घोषणा गरे ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);