गृहमन्त्रीको जवाफ चित्त बुझ्दो नभएको भन्दै संसदमा एमालेको अवरोध, प्रतिनिधि सभा बैठक कार्यसूचीमा प्रवेश नगरी स्थगित | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

गृहमन्त्रीको जवाफ चित्त बुझ्दो नभएको भन्दै संसदमा एमालेको अवरोध, प्रतिनिधि सभा बैठक कार्यसूचीमा प्रवेश नगरी स्थगित

काठमाडौं । प्रतिनिधि सभा बैठक कार्यसूचीमा प्रवेश नगरी भोली बुधबार एक बजेसम्मका लागि स्थगित भएको छ । सुन तस्करी प्रकरणमा गृह मन्त्री नारायणकाजी श्रेष्ठको जबाफ चित्त बुझ्दो नभएको भन्दै नेकपा एमालेले संसद्मा नाराबाजी गरेपछि आजको बैठक स्थगित भएको हो । उच्चस्तरीय छानविन समिति गठन गर्नुपर्ने माग राख्दै एमाले सांसद्हरुले नाराबाजी गरेका थिए ।

बैठकमा एमाले सचेतक महेश बर्तौलाले सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानविन समिती गठन नभएसम्म विरोध जारी रहने बताउनुभयो । उहाँले भन्नुभयो, ‘माननीय गृह मन्त्री ज्यूूले बोलिसकेपछि साउन २ गते देखि हामीले उठाइरहेका विषयका सन्दर्भमा उच्चस्तरीय छानविन समिति गठन गर्ने गरी उहाँले आफ्नो विषयलाई सम्बोधन गर्नुहुनेछ भनेर सरकारको तर्फबाट प्रतिवद्धता जनाउनुहुने भन्ने विश्वास थियो, धैर्यताका साथ हामीले उहाँका विषयबस्तुहरु सुन्यौं । तर, उहाँले बोलेका सबै अभिव्यक्तिहरु ८० प्रतिशत भन्दा बढि बाहिरका विषयहरु, राजनितिक प्रवचन दिनुभयो । हामीले उठाएको विषयमा सरकार गम्भिर हुन सकेन । सरकार जबाफदेहीपूर्ण ढंगबाट प्रस्तुत हुन सकेन । सरकारको प्रभावमा सिआईबी राख्न खोजिएको छ । त्यसकारण स्वतन्त्र निष्पक्ष छानविन समितिको माग हामीले उठाएका हौं ।’ सरकारले प्रतिपक्षि दललाई दलाउन थकाउन खोजेको बताउनुभयो ।

प्रतिनिधि सभा नियमावली, २०७९ को नियम २४८ को उपनियम (३) को प्रयोजनको लागि प्रतिनिधि सभा सदस्य टोपबहादुर रायमाझी निलम्बन भएको जानकारी गराउने कार्यसूचि थियो । यस्तै, कानून, न्याय तथा संसदीय मामिलामन्त्रि धनराज गुरुङले बेपत्ता पारिएका व्यक्तिको छानविन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, सदन समक्ष पेश गर्ने कार्यसूचि थियो । शिक्षा विज्ञान तथा प्रविधि मन्त्री अशोक कुमार राईले राष्ट्रिय सभामा उत्पत्ति भएको “नेपाल विश्वविद्यालय विधेयक, २०८० लाई दफावार छलफलको लागि सम्बन्धित समितिमा पठाईयोस्” भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूचि थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);