एमालेले आज सदन अवरोध नगर्ने | ईमाउण्टेन समाचार

Our Network

जेठ १ २०८१, मंगलबार

एमालेले आज सदन अवरोध नगर्ने

काठमाडौं,५ भदौ । संघीय संसद अन्तर्गतको प्रतिनिधि सभाको बैठक आज बस्दै छ । नयाँ बानेश्वरस्थित संसद भवनमा बैठक दिउँसो तीन बजे बोलाइएको छ ।

साउन १० गतेदेखि संसद अवरुद्ध गर्दै आएको नेकपा एमालेले आज भने अवरोध नगर्ने भएको छ । एमालेले सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समिति गठनको माग गर्दै आएको छ ।

सोमबार राति प्रधानमन्त्री कार्यालयमा बसेको राष्ट्रिय मान्यताप्राप्त दलहरुको संयुक्त बैठकमा उच्चस्तरीय छानबिन समिति गठन गर्ने सरकार तयार भएपछि एमाले पनि संसद बैठक सञ्चालन गर्न दिन तयार भएको हो ।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);