राष्ट्रिय विधि विज्ञान प्रयोगशालामा ‘अब्जर्भरशिप’ खोल्न सांसद डा. लेखजंग थापाको प्रश्ताव | ईमाउण्टेन समाचार

Our Network

असोज ७ २०८३, बिहीबार

राष्ट्रिय विधि विज्ञान प्रयोगशालामा ‘अब्जर्भरशिप’ खोल्न सांसद डा. लेखजंग थापाको प्रश्ताव

काठमाडौं ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा. लेखजंग थापाले राष्ट्रिय विधि विज्ञान प्रयोगशालालाई शैक्षिक ‘लर्निङ प्लेटफर्म’ का रूपमा विकास गर्नुपर्ने बताउनुभएको छ ।
बिहीवार बसेको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा विधेयकको मस्यौदा प्रतिवेदनमाथिको छलफलमा भाग लिँदै उनले प्रयोगशालामा ‘अब्जर्भर’ (अवलोकनकर्ता) का रूपमा विज्ञ र विद्यार्थीको पहुँच सहज बनाउनुपर्ने प्रश्ताव गर्नुभएको हो । सांसद थापाले विधि विज्ञान प्रयोगशाला प्राज्ञिक संस्था नभए पनि त्यहाँ हुने उच्चस्तरीय कार्यले प्राज्ञिक व्यक्तिहरूका लागि सिक्ने अवसर प्रदान गर्ने बताउनु भयो । छलफलका क्रममा उनले अब्जर्भरको व्यवस्था गर्दा शुल्कको प्रावधानबारे पनि बहस हुनुपर्ने जिकिर गर्नुभयो । थापाले आफ्नो व्यक्तिगत अनुभव सुनाउँदै यस्तो व्यवस्थाले प्रयोगशालालाई थप नियमन गर्न र व्यवस्थित बनाउन मद्दत पुग्ने तर्क गर्नुभयो ।

उहाँले ल्यावको सञ्चालन प्रक्रियामा यस्तो अभ्यासले दीर्घकालीन रूपमा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गर्नुभयो ।

Leave a Reply

ताजा समाचार