चेल्सी र आर्सनल लिग कप फुटबलमा गोलरहित बराबरीमा | ईमाउण्टेन समाचार

Our Network

भदौ २३ २०८३, बुधवार

चेल्सी र आर्सनल लिग कप फुटबलमा गोलरहित बराबरीमा

633942504.0

एजेन्सी ,२७ पुष । इंग्लिस फुटबलका चीर प्रतिद्वन्द्वी चेल्सी र आर्सनलले लिग कप फुटबलमा बराबरी खेलेका छन् ।

काराबाओ कपसमेत भनिने लिग कपअन्तर्गत सेमिफाइनलको पहिलो लेगमा चेल्सी र आर्सनल गोलरहित बराबरीमा रोकिएका हुन् । गएराति चेल्सीको मैदानमा भएको खेलमा दुवै टोलीले गोल गर्ने केही राम्रा अवसर खेर फाल्दा खेल गोलरहित भएको हो ।

दुई क्लबबीचको दोस्रो लेग यही जनवरी महिनाको २४ तारिखमा आर्सनलको मैदानमा हुनेछ ।

ताजा समाचार