आइसिसी विश्व क्रिकेट लिग डिभिजन २ को तयारी तीब्र | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

आइसिसी विश्व क्रिकेट लिग डिभिजन २ को तयारी तीब्र

किशन भण्डारी

काठमाडौ, २७ पुस । नेपाली राष्ट्रिय क्रिकेट टोली आगामी माघ २५ गतेबाट नामवियामा हुने आइसिसी विश्व क्रिकेट लिग डिभिजन २ को तयारीमा छन् । प्रारम्भिक चरणमा छनोट भएका २१ खेलाडी लिएर प्रशिक्षक जगत टमाटा तयारीमा लागेका हुन् ।

एकातिर आवश्यक पूर्वाधारको अभाव, अर्कोतिर क्यानको विवादका बाबजुत तयारीमा लागेका खेलाडीहरु लिगमा छानिने बलियो विश्वासका साथ तयारीमा लागेका छन् ।

युएई, नामिविया र केन्यासहित नेपाल विश्व क्रिकेट लिग च्याम्पियनसिपबाट शीर्ष चारमा पर्न नसकेपछि डिभिजन–२ मा घटुवा भएका टोली हुन् भने क्यानडा र ओमान डिभिजन–३ बाट बढुवा भएका टोली हुन् ।

डिभिजन–२ बाट शीर्ष दुई टोली छनोट भएसँगै एकदिवसीय विश्वकप छनोट खेल्ने १० टोलीको टुंगो लाग्नेछ । यसपटक राष्ट्रिय टोली र अन्डर १९ टोलीबाट छानिएका उत्कृष्ट खेलाडीहरु डिभिजन लिग २ खेल्दैछन् । त्यसैले यसपटक छनौट हुनेमा विश्वस्त देखिन्छन् प्रशिक्षक जगत टमाटा ।

नेपालका लागि यो खेल हार र जितमा मात्रै सीमित छैन । डिभिजन लिगको यो खेलले नेपाली क्रिकेटको भविष्य निर्धारण गर्नेछ । त्यसैले पनि यसपटक खेलाडीहरु जसरी पनि जित्नैपर्ने दबाबमा छन् । नेपालका कप्तान पारस खड्काले नामिवियाको कन्डिसन मध्यनगर गर्दै प्रशिक्षणमा फास्ट बलरहरु धेरै लिएर तयारी भइरहेको बताए ।

क्रिकेटरमा देखिएको यस्तो उत्साह क्यान विवाद र राज्यले खेल क्षेत्रलाई दिएको कम महत्वतिर मोडिदा भने निराशामा परिणत हुने गरेको छ । नेपाली क्रिकेटको भविष्य नै संकटमा परेको यो अवस्थालाई सहज बनाउन खेलाडीकै काँध भारी छ । त्यसैले पनि डिभिजन लिग २ का लागि खेलाडीहरु दत्तचित्त भएर तयारी गरिरहेका छन् ।

खेल क्षेत्रको विकास र खेलाडीलाई प्रोत्साहन गर्ने सवालमा राज्य अत्यन्तै उदाशीन देखिएपनि खेलाडीकै भरमा अहिलेसम्म यो क्षेत्र टिकेको छ । डिभिजन लिग २ मा छनोट भएर नेपाली क्रिकेटको भविष्य संकटमा पर्नबाट जोगाउने खेलाडीको प्रयास सफल रहोस् ।

 

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);