डिभिजन–२ क्रिकेटका लागि प्रारम्भिक टोलीको घोषणा | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

डिभिजन–२ क्रिकेटका लागि प्रारम्भिक टोलीको घोषणा

काठमाडाैं, २० पुस । आगमी फेब्रुअरीमा हुने आइसीसी डिभिजन–२ क्रिकेटका लागि प्रारम्भिक नेपाली टोलीको घोषणा भएको छ । नामिबियामा हुने डिभिजन–२ का लागि खेलाडि छनोट समितिले पहिलो चरणमा २१ खेलाडि छनोट गरेको हो ।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसीसी) का प्रतिनिधि अमिनुल इस्लाम, मुख्य प्रशिक्षक जगत टमटा र कप्तान पारस खड्काको छनोट समितिले खेलाडी छनोट गरेको हो । छनोट समितिले निकालेको २१ सदस्यीय सूचीमा विकेट किपर ब्याट्सम्यान विनोद भण्डारी र ब्याट्सम्यान सागर पुन परेका छैनन् ।

यस्तै, मेहबुब आलम पनि पहिलो चरणमा स्थान बनाउन असफल भए । प्रारम्भिक चरणमा रोहित कुमार पौडेलले स्थान बनाएका छन् । अन्य सदस्यहरु भने पुरानै रहेका छन् । विश्व क्रिकेट लिग च्याम्पियनसिपको शिर्ष चारमा नपुगेपछि नेपाल डिभिजन–२ मा घटुवा भएको थियो । डिभिजन–२ मा नेपालसहित क्यानाडा, ओमान, नामिबिया, युएई र केन्याले प्रतिस्पर्धा गर्नेछन् ।

डिभिजन–२ को शीर्ष दुई स्थानमा रहने टोलीले २०१८ मार्चमा हुने विश्वकप छनोटमा स्थान बनाउनेछन् भने पाँचौँ र छैटौँ स्थानमा रहने दुई टोली भने डिभिजन थ्री मा घटुवा हुनेछन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);