देशभरका न्यायालयका कर्मचारी आन्दोलित | ईमाउण्टेन समाचार

Our Network

वैशाख १९ २०८१, बुधवार

देशभरका न्यायालयका कर्मचारी आन्दोलित

काठमाडौं, १७ असार । आज देशभरका न्यायालयका कर्मचारीहरु आन्दोलित भएका छन् । गत असार १३ गते जिल्ला अदातल ललितपुरकी नासु प्रेमिका तामाङलाई कानुन व्यवसायी अमिर लामिछानेले हातपात गरेको भन्दै उक्त घटनाको विरोध स्वरुप कर्मचारीहरु आन्दोलित भएका हुन् ।

सर्वोच्च अदालत अन्तर्गतका राष्ट्रियस्तरका चारवटा कर्मचारी संगठनहरुले आह्वान गरे अनुसार न्यायालयका कर्मचारीहरुले आज दिउँसो साढे १ बजेसम्मका लागि काम रोक्ने भएका हुन् ।

नासु तामाङमाथि आक्रमण भएको विरोधमा ललितपुर अदालतका कर्मचारीहरुले शुक्रबारदेखि नै पेन डाउन गरेका छन् ।

लामिछानेले नासु तामाङलाई सक्कल मिसिल फाइल माग गर्दा सक्कलै मिसिल दिन नपर्ने भन्दै हातपात गरेको आरोप लगाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);