ललितपुरमा कानुन व्यवसायीहरुको प्रदर्शन | ईमाउण्टेन समाचार

Our Network

जेठ ९ २०८१, बुधवार

ललितपुरमा कानुन व्यवसायीहरुको प्रदर्शन

काठमाडौं, १८ असार । ललितपुर जिल्ला अदालतमा कार्यरत नायब सुब्बा प्रेमिका तामाङमाथि अधिवक्ता अमिर लामिछानेले आक्रमण गरेको घटनाले ठुलो रुप लिंदै गएको छ ।

अधिवक्ता लामिछाने भने आइतबार रिहा भइसकेका छन् । कानुन व्यवसायीहरुले नासु प्रेमिकाले आदेशको फाइल हेर्न घुस मागेको आरोप लगाएका छन् ।

कानुन व्यवसायीहरुले आज ललितपुरमा विरोध सभाको आयोजना गरेका छन् । उनी रिहा भएपनि नेपाल बार एसोसिएसनले आज देशभर बन्दी प्रत्यक्षीकरण बाहेकका मुद्दामा बहस पैरवी नगर्ने भएको छ ।

गत असार १३ गते नासु तामाङलाई काम गरिरहेको अवस्थामा लामिछानेले आक्रमण गरेको भन्दै देशभरका अदालतका कर्मचारीहरु आन्दोलनस्वरुप ३ घण्टा काम नगरी विरोध जनाएका थिए ।

विवाद बार र बेञ्च तहसम्म पुगेपछि प्रशासनले अधिवक्ता लामिछानेलाई साधारण तारेखमा रिहा गरेको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);