‘भ्रष्टचारको फाइल खोल्नेकुरा तँ रोएजस्तो गर्, म चिमाटेजस्तो गर्छु हो’ | ईमाउण्टेन समाचार

Our Network

जेठ ३ २०८१, बिहीबार

‘भ्रष्टचारको फाइल खोल्नेकुरा तँ रोएजस्तो गर्, म चिमाटेजस्तो गर्छु हो’

काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष एवं सांसद चित्रबहादुर केसीले सरकारले भ्रष्टाचारका फाइल खोलेको छ भन्ने कुरा जनताले नपत्याउने बताउनुभएको छ ।

मंगलवार संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले सरकारले भ्रष्टाचारका फाइल खोल्नु भनेको तँ रोएजस्तो गर्, म चिमाटेजस्तो गर्छु जस्तो भएको टिप्पणी गर्नुभयो ।

उहाँले नेपाली जनताले भ्रष्टाचारीलाई जोगाउनु हुँदैन भनिरहेको भएपनि भ्रष्टाचारी समातिने कुरा आफूलाई विश्वास नलागेको बताउनु भयो । उहाँले एउटा फाइल निकालेर तर्साउने काम यसअघिका सरकारले पनि गरेको भन्दै उहाँले नेपाली जनतालाई यसमा विश्वास नरहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘भ्रष्टाचारका फाइल सरकारले खोलिरहेको छ भनेर नेपाली जनताले पत्याउँदैनन् । अलिअलि गरेजस्तो देखाउने एउटा कुरा हो, के गरी गर्लान् ? मलाई विश्वास लाग्दैन । भ्रष्टाचारी जोगाउनु हुँदैन भन्ने नेपाली जनताको माग हो । भ्रष्टाचारीले राज गरेको कारणले मुलुक अन्योल अवस्थामा छ । गणतन्त्रप्रति जनताको आस्था घटेको छ । तँ रोए जस्तो गर्, मैले चिमोटेजस्तो गर्छु, भन्नेकुरा पहिलाको सरकारले पनि गर्थे, अहिले पनि हुन्छन्, ठूला ठूला भ्रष्टाचार नेपालमा भइरहेका छन्, भ्रष्टाचारका फाइल खोलिनुपर्छ ।’

अध्यक्ष केसीले नेपालमा ठूला ठूला भ्रष्टाचार राज्यपक्षबाटै भइरहेको दाबी गर्नुभयो ।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);