प्रधानमन्त्रीलाई क्यान्टनमेन्ट घोटालाकाण्डको फाइल खोलेर चोखो प्रमाणित गर्न लिङदेनको चुनौति | ईमाउण्टेन समाचार

Our Network

वैशाख २७ २०८१, बिहीबार

प्रधानमन्त्रीलाई क्यान्टनमेन्ट घोटालाकाण्डको फाइल खोलेर चोखो प्रमाणित गर्न लिङदेनको चुनौति

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनलेले ठूला भ्रष्टाचारका फाइलहरु खोलेमा सरकारलाई आफ्नो पार्टीको समर्थन हुने बताउनुभएको छ ।

आईतवार राष्ट्रिय प्रजातान्त्रिक महिला संगठनको एकताको प्रथम महाधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष लिङदेनले ठूला भ्रष्टाचारका फाइलहरु खोलेमा प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको सरकारलाई राप्रपाको समर्थन रहने बताउनुभएको हो ।

उहाँले सरकारले राजनीतिक स्वार्थ नराखी सुविचारका साथ नक्कली शरणार्थी प्रकरणका आरोपीहरुलाई पक्राउ गरेको भए आफ्नो पार्टीको समर्थन रहने बताउनु भयो । उहाँले वाइडबडी काण्ड, ललिता निवास, एनसेल र क्यान्टनमेन्ट घोटालाकाण्ड भ्रष्टाचारको पनि फाइल खोल्न प्रधानमन्त्रीलाई आग्रह गर्नुभयो ।

अध्यक्ष लिङदेनले देश आर्थिक रुपमा टाट पल्टने अवस्थामा रहेको भएपनि सरकारले अर्थतन्त्र सुधार गर्ने कुनै कदम नचालेको बताउनु भयो । उहाँले सरकार कुइरोमा हराएको कागजस्तो अवस्थामा रहेको उल्लेख गर्नुभयो । उहाँले सरकारको आगामी यात्रा पनि स्पष्ट नभएको बताउनु भयो । अध्यक्ष लिङदेनले देशमा नाङ्गो रुपले विदेशी हस्तक्षेप बढेको बताउनु भयो ।

 

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);