वाम गठबन्धनले मत संख्यालाई आधार मानेर राष्ट्रियसभा सदस्यको उम्मेदवारी टुंगो लगाउने | ईमाउण्टेन समाचार

Our Network

वैशाख २० २०८३, सोमबार

वाम गठबन्धनले मत संख्यालाई आधार मानेर राष्ट्रियसभा सदस्यको उम्मेदवारी टुंगो लगाउने

काठमाडौं, २६ पुष । वाम गठबन्धनले प्रदेश सभा र स्थानीय तह दुवै तर्फ प्राप्त गरेको मत संख्यालाई आधार मानेर राष्ट्रियसभा सदस्यको उम्मेदवारी टुंगो लगाउने भएको छ ।

एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसहित आज विहान भएको छलफलमा स्थानीय तह र प्रदेशसभा निर्वाचनमा प्राप्त मतका आधारमा उम्मेदवारी टुंगो लगाउने सहमति भएको हो ।

पार्टी एकता संयोजन समितिले हिजो गठन गरेको ६ सदस्यीय कार्यदललाई ओली र दाहालले राष्ट्रिय सभा सदस्यको उम्मेदवारी र नेतृत्व चयनका लागि प्राप्त मतलाई आधार मान्न सुझाव दिएका थिए ।

दुवै पार्टीका अध्यक्षले एकताको प्रष्ट खाका तयार गर्न कार्यदललाई निर्देशन पनि दिएका कार्यदलका सदस्यहरुले बताएका छन् । राष्ट्रियसभा, प्रदेशका मुख्य मन्त्री, सभामुख लगायत पदाधिकारीको व्यवस्थापनका विषयमा कार्यदलभित्र प्रारम्भीक छलफल भएको र भोलि देखि सघन रुपले छलफल अघि बढाईने कार्यदल सदस्यहरुले बताएका छन् ।