काठमाडौं, २६ पुष । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नियमित स्वास्थ्य जाँचका लागी आज थाईल्याण्ड जाँदैछन । १२:३० मा थाईल्याण्ड प्रस्थान गर्ने कार्यक्रम रहेको छ । थाईल्याण्ड जानुपूर्व माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग राजनीतिक विषयमा छलफल गरेका छन् ।




