कोरोनासँग जुध्न नेपाललाई आपत्कालीन सहयोगको आवश्यकता छः डब्लूएचओ | ईमाउण्टेन समाचार

Our Network

वैशाख १८ २०८१, मंगलबार

कोरोनासँग जुध्न नेपाललाई आपत्कालीन सहयोगको आवश्यकता छः डब्लूएचओ

एजेन्सी । विश्व स्वास्थ्य संगठन डब्लूएचओले कोरोना भाइरसको महामारीसँग जुध्न नेपाललाई आपत्कालीन सहयोगको आवश्यकता रहेको बताएको छ ।

शुक्रबार नियमित पत्रकार सम्मेलनमा बोल्दै डब्लूएचओका महानिर्देशक डा.खाँचो रहेको जनाएको छ।

शुक्रबार नियमित प्रेस सम्मेलनमा बोल्दै डब्लूएचओका महानिर्देशक डा. टेडरोज आध्यनोम गेब्रेयेसोसले नेपालसहितका दक्षिण एसियाली मुलुकहरुलाई आपतकालीन सहयोगको आवश्यकता रहेको बताएका छन् ।

महानिर्देशक गेब्रेयेसोसले पछिल्लो समय दक्षिण एसियाली मुलुकहरुमा संक्रमण उच्च रहेको अस्पताल भर्ना हुन पर्नेको संख्या पनि वृद्धि भएका कारण आपत्कालीन सहयोगको खाँचो भएको बताएका हन् ।

नेपालसहित, श्रीलंका, भियतनाम, कम्बोडिया, थाईल्याण्ड र इजिप्टमा पनि आपत्कालीन सहयोगको खाँचो रहेको बताइएको छ ।

पछिल्लो समय डब्लूएचओले भारतमा अक्सिजन कन्सनट्रेटर, घुम्ती अस्थायी अस्पताल निर्माणका लागि टेन्ट लगायतका स्वास्थ्य सामग्री पठाएको पनि महानिर्देशक गेब्रेयेसोसले जानकारी दिए ।

न्यून र मध्यम आय भएका मुलुकमा कोरोना संक्रमितको जीवन बचाउन दिनरात खटिरहेका स्वास्थ्यकर्मीले अहिले पनि खोप लगाउन नपाएको महानिर्देशक गेहब्रेयससले बताए।

यस्ता मुलुकमा अहिलेसम्म ०.३ प्रतिशत मात्रै खोप आपूर्ति हुनसकेको उनको भनाइ छ।

यो पनि पढ्नुहोस

भारतमा कोरोना भाइरस नियन्त्रणमा नआउनु चिन्ताजनकः डब्ल्युएचओ

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);