गीत/संगीत क्षेत्रको प्रवद्र्धनमा सक्दो सहयोग गर्ने प्रधानमन्त्रीको प्रतिवद्दता | ईमाउण्टेन समाचार

Our Network

जेठ ५ २०८१, शनिबार

गीत/संगीत क्षेत्रको प्रवद्र्धनमा सक्दो सहयोग गर्ने प्रधानमन्त्रीको प्रतिवद्दता

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले गीत/संगीत क्षेत्रको प्रवद्र्धनमा सक्दो सहयोग गर्ने बताउनु भएको छ ।

अन्तराष्ट्रिय संगीत दिवसको अवसर पारेर शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले संगीत क्षेत्रको प्रवद्र्धनमा सरकारले सक्दो सहयोग गर्ने आश्वासन दिनु भएको हो । आफू पहिलो पटक प्रधानमन्त्री हुँदा संगीत र सांस्कृतिक क्षेत्रमा केही सहयोग गर्ने अवसर पाएको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले त्यसलाई निरन्तरता दिन चाहेको पनि स्पष्ट पार्नु भयो । उहाँले ज्यापु संस्कृतिको संरक्षणका लागि गरिएको मागहरु सम्बोधन गर्न पनि सरकार प्रतिवद्ध रहेको बताउनु भयो । प्रधानमन्त्री दाहालले भन्नु भयो, ‘हामीहरुको एउटा प्रचलननै के भएको छ भने जुनसुकै कार्यक्रममा पनि भाषण धेरै हुने । भाषणले जे कार्यक्रमको महत्व हो, त्यसलाई नै कम गरिदिने गरेको छ । त्यसकारण अहिले म भाषण गर्दिन । संगीतको प्रवद्र्धनको लागि काम गर्नेछु । किनकी मैले पहिलो चोटी प्रधानमन्त्री हुँदा संगीत र सांस्कृतिक क्षेत्रलाई सरकारको तर्फबाट केही सहयोग गर्ने अवसर पाएको थिँए । अहिले पनि तपाईहरुलाई सहयोग हुने विश्वास दिलाउँछु ।’

त्यस अवसरमा प्रधानमन्त्री दाहालले कार्यक्रमको महत्वनै काम हुने गरी भाषण नगर्ने भन्दै संक्षिप्त मन्तव्य व्यक्त गर्नु भएको थियो । कार्यक्रममा नेवारी संस्कृति झल्काउने खालका बाजागाजासहितको सांस्कृतिक झाँकीहरु पनि प्रस्तुत गरिएको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);