इपीजीको विषय उचाल्नु उचित थिएन : प्रचण्ड | ईमाउण्टेन समाचार

Our Network

असार २४ २०८३, बिहीबार

इपीजीको विषय उचाल्नु उचित थिएन : प्रचण्ड

काठमाडौं, २१ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहालले प्रबुद्ध व्यक्ति समूह (इपीजी)को विषयलाई उचालेर आफूले दुई मुलुकबीचको सम्बन्ध बिगार्न नचाहेको बताउनु भएको छ । सो विषय हामी सबैको चासोको विषय भएको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले सो बारे आफूले भारतीय पक्षसँग कुरा राखेको बताउनु भयो ।

भारतको औंपचारिक भ्रमण पूरा गरी शनिबार अपरान्ह स्वदेश फर्कनु भएको उहाँले त्यो विषयलाई धेरै उचालेर आर्थिक र दुई पक्षीय सहयोगको क्षेत्र विस्तारको परिणाममुखि वातावरण नेपालले बिगार्न नहुने पनि पटकपटक दोहो¥याउनु भयो ।

प्रधानमन्त्री दाहालले भन्नु भयो, ‘सकारात्मक परिणाम आउन लागिरहेको बेलामा वातावरण बिगार्नेगरी नकारात्मक धेरै कुरा गरेर नेपाललाई धेरै फाईदा छैन । अहिले तपाईहरुले भन्नु भयो नि इपीजीको कुरा । यो हामी सबैको चासोको विषय हो । अव मैले आफ्नो ढंगले कुरा नगरेको छैन । आफ्नो ढंगले कुरा गरेको छु । तर अहिले यो विषयलाई बढि उचालेर अव यो आर्थिक र दुई पक्षीय सहयोगको क्षेत्र विस्तारको जो परिणाममुखि वातावरण बनेको बिगार्नु उचित थिएन । हामीले जुन तरिकाले कुरा गरियो । त्यो तरिकाले कुरा गरिएको छ । यति भनेपछि पत्रकार साथीहरु तपाईहरुले कुरा चाँही बुझ्नु होला । त्यसकारण यो भ्रमण फलदायी भएको छ । यसलाई अव हामीले सबैले मिलेर जे सहमती, समझदारी भएकोछ । त्यसलाई कार्यान्वयनमा लैजानु छ । कार्यान्वयना लैजानका लागि हामीले राम्रो वातावरण बनाउन आवश्यक छ । त्यसकारण भ्रमण विगतको भन्दा परिणाममुखि भएको छ । कामकाजी भएको छ । ’

 

Leave a Reply