‘गेरु बष्त्र म लगाउन्न भनेको भए के हुन्थ्यो’ | ईमाउण्टेन समाचार

Our Network

वैशाख २९ २०८१, शनिबार

‘गेरु बष्त्र म लगाउन्न भनेको भए के हुन्थ्यो’

काठमाडौं, २१ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहालले आफूले इन्डोर भ्रमणको क्रममा महाकालेश्वर मन्दिरमा प्रोटोकल नमिचियोस् भनेर गेरु बष्त्रधारण गर्नु परेको बताउनु भएको छ । चार दिने भारत भ्रमणको क्रममा सो मन्दिरमा मुख्य अतिथिले गेरु बष्त्रधारण गर्नुपर्ने प्रोटोकल भएको र त्यसलाई पालना नगर्दा अर्बौ भारतीय मनमा चिसो पस्ने भएकाले सो बष्त्र धारण गरिएको दाहालले स्पष्ट पार्नुभएको छ ।

यसलाई नेपालको सर्वोपरी हितका लागि गरिएको सांस्कृतिक कूटनीति भनेर बुझ्न पनि उहाँको आग्रह थियो । प्रधानमन्त्री दाहालले भन्नु भयो, ‘म वास्तवमा मनैले धर्म निरपेक्षतावादी हो । धर्म निरपेक्षता भनेको धर्म विरोधी होइन नि । सबै धर्मलाई समान व्यवहार गर्ने र राज्यले कुनै पक्षलाई काखापाखा नगर्नु भनेको हो । आफू धर्म निरपेक्षतावादी भएको नाताले मैले हिन्दु, मुस्लिम, बुद्धिष्ट, क्रिश्चियन सबै धर्मलम्बिहरुप्रति समान व्यवहार गर्नु पर्छ । अव मध्यप्रदेशमा जाने, इन्डोरमा जाने । नजिकै ऐतिहासिक सहर हो उज्जेन भनेको । महाकालेश्वर । त्यहाँ फेरी भव्य संरचना रहेछ । मैले त गएपछि पो थाहा पाए । त्यसले एकैदिनमा डेढ लाख मान्छेहरु जान्छन त्यहाँ हेर्न, पूजा गर्न । हामीले पनि यहाँ रामायण सर्किट भन्दैछौं । बुद्धिष्ट सर्किट भन्दैछौं । हामीले पनि धार्मिक पर्यटनको विकास गछौं भनेका छौ कि छैनौ ? म अहिले कम्युनिष्ट मात्रै होइन, प्रधानमन्त्री पनि हो नि । प्रधानमन्त्रीले त सबैलाई समेटनु पर्छ । हुन त मसँग भएको सेक्युरिटीले यो गेरुबष्त्र नलगाउनु पाए हुन्थ्यो भनेर निकै कोशिस गर्नु भयो । तर त्यहाँ महाकालेश्वरको के रहेछ भने मुख्य अतिथिले त्यो लगाउनै पर्ने प्रोटोकल रहेछ त्यो । त्यो प्रोटोकल मिचेर नलगाऊ भने भारतका करोडौं जनताको मनमा चिसो पस्ने भयो नेपालप्रति र नेपालको प्रधानमन्त्रीप्रति । त्यो देशलाई फाईदा हुन्थ्यो त । म लगाउन्न भनेको भए के हुन्थ्यो । एक अर्व मान्छेको मनमा चिसो पस्थ्यो । के हो यो नेपाल सरकार भन्थे ? सहज ढंगले गर्दा सबै खुशी भएँ । यसलाई सांस्कृतिक कूटनीतिको रुपमा लिनुपर्ने हो । नेपालको बृहत्तर हितमा गरिएको कदम हो भनेर बुझनु पर्दछ ।’

प्रधानमन्त्री दाहालले आफ्नो भारत भ्रमण दुई मुलुकबीचको संशयमा पुगेको सम्बन्धमा विश्वासमा रुपान्तरण गर्न सफल भएको बताउनु भयो ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);