संसदमा आजदेखि वार्षिक बजेटमाथि छलफल सुरु हुँदै | ईमाउण्टेन समाचार

Our Network

जेठ ५ २०८१, शनिबार

संसदमा आजदेखि वार्षिक बजेटमाथि छलफल सुरु हुँदै

काठमाडौं, २१ जेठ । संघीय संसद् अन्तर्गतको प्रतिनिधिसभाको बैठक आज बस्ने भएको छ । नयाँ बानेश्वरस्थित संसद् भवनमा बिहान ११ बजे बैठक बोलाइएको हो । आजदेखि सरकारको वार्षिक बजेटमाथि छलफल सुरु हुने भएको छ ।

बैठकमा अर्थमन्त्री डा. प्रकाशशरण महतले वक्तव्यसहित ‘आर्थिक वर्ष २०८०–०८१ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट)माथि सामान्य छलफल प्रारम्भ गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची तय भएको संसद सचिवालयले जनाएको छ । यस्तै, बैठकमा विभिन्न शोक प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जानकारी दिएको छ ।

यता प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले भने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणका क्रममा गैरजिम्मेवार र राष्ट्रहित विपरित अभिव्यक्ति दिएकोप्रति संसदमा जवाफ माग गर्ने भएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);